https://www.flydubai.com/en/

Flight Schedule
  • Domestic Flight Schedule
  • shreeairlines
  • Nepal Airlines
  • Simrik Airlines
  • Yeti Airlines
  • Buddha Air
  • International Flight Schedule
  • Nepal Airlines

    काठमाडौँ,श्रावण १९। — नागरिक उड्डयन प्राधिकरणलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको छ ।

    गत फागुन ११ मा दर्ता भएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ लाई सोमबारको बैठकले पारित गरेको हो । राष्ट्रिय महत्त्वको यो विधेयक अब प्रतिनिधिसभाबाट पनि पारित भए प्राधिकरण दुई निकायमा विभाजन हुनेछ ।

    हाल प्राधिकरणमा १३ सय हाराहारी कर्मचारी छन् । उनीहरूमध्ये नियमनकारी निकायमा करिब १ सय जना रहेर बाँकी १२ सय सेवाप्रदायक संस्थामा रहने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । सेवाप्रदायक संस्थाले त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थल व्यवस्थापन गर्नेछ ।

    नियमनकारी निकायले भने वायुयान दर्ता, उडान योग्यताको प्रमाणपत्र जारी गर्ने, जनशक्तिलाई प्रमाणपत्र, इजाजत, अनुमति दिनेलगायत काम गर्नेछ । प्राधिकरणको नियमनकारी निकायको संरचनाको खाका तयार पार्न गठित कार्यदलको अध्ययनले त्यसको केन्द्रीय कार्यालय काठमाडौंमा र शाखा कार्यालय पोखरा र भैरहवामा प्रस्ताव गरेको छ ।

    राष्ट्रिय सभामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली हवाई सेवालाई ईयूको कालोसूचीबाट हटाउनुपर्ने सर्तअनुसार दुइटा विधेयक सदनमा पेस गरिएको बताएका थिए ।

     

    leave a comment

    sedebar

    EDITOR ROOM

    + थप
    sidebar